• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    काठमाडौँमा ब्ल्याकमेल गर्ने खतरनाक ग्याङ्ग, चुम्बन गरेको भिडियो देखाएर एक करोडको बार्गेनिङ

    18.9K
    SHARES



    काठमाडौं । ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गरेर एक करोड रुपैयाँको बार्गेनिङ गर्ने एक युवतीसहित दुईजनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउपालिका–४ कि २५ वर्षीय युवती इन्द्रिरा उप्रेती रहेकी छन् ।

    इन्दिरा काठमाडौंको सामाखुसीमा बस्दै आएका थिइन् । महानगरीय अपराध महाशाखाका एसएसपी घिरजप्रताप सिंहका अनुसार इन्दिराले सुरुमा ललितपुरको कुपण्डोलका एक व्यवसायीलाई निशा अधिकारीको नामबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएकी थिइन् ।

    सिहंले भने, ‘‘फेसबुकमार्फत् नै ती व्यवसायीको नम्बर मागेर इन्दिरा उनको कार्यालयमा भेट्न गइन् । भेटमा उनले आफ्नो नाम इन्दु भएको र घर झापा भएको बताएर व्यवसायीको नजिक भइन् । नजिक हुँदै गर्दा उनले ती व्यापारीलाई अंगालो हाल्दै चुम्बन गरिन् र त्यसको गोप्य रुपमा भिडियो बनाइन् ।’’

    भिडियो बनाइसकेपछि अचानक ती व्यापारीलाई इमोमा गणेश लामाको नामबाट फोन आयो । फोनमा आफूसँग इन्दिरासँग चुम्बन गरेको भिडियो रहेको १ करोड रकम नदिए सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गर्ने धम्की दिइएको थियो ।

    ती युवती असार १ गते ती व्यवसायीलाई भेट्न उनको कार्यालयमा पुगेकी थिइन् । व्यापारीले महाशाखामा उजुरी दिएपछि उनीहरु दुवैजनालाई प्रहरीले सोमबार गौशालाबाट पक्राउ गरेको हो । ‘‘उनीहरु एकै ग्याङका रहेछन्, खतरनाक ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गर्दै रकम असुल्ने गरेको खुलेको छ,” एसएसपी सिंहले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ