काठमाडौँ । बाढी र पहिरोको जोखिम बढेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्को मुख्य नाका रसुवागढीको टिमुरे बजार, भन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातोपानी नाकासमेत बन्द गरेको हो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले व्यापारिक गतिविधि सुचारु गर्ने सम्भावना नरहेको बताए।
यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहनेछ । रसुवागढी र तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरला नाका मात्रै एक मात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ ।
प्रतिक्रिया