• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पानीको बहाव बढे पनि भोटेकोशीमा ठुलो बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

    160
    SHARES



    काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।

    महाशाखाले आइतबार (आज) बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठुलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।

    महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो ठुलो भने नरहेको पाइएको छ ।

    सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्मको नदी तटीय क्षेत्रमा ठुलो बाढीको कुनै जोखिम नरहेको जनाएको छ । यसअघि नदी सुसाएको र बहाव बढेको सूचनाका आधारमा ती क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ