• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

    421
    SHARES



    बुटवल । रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका १२९ जना नागरिक परिवारको सम्पर्कमा नआएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवा पुगेका व्यक्तिमध्ये १२९ जना हालसम्म सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको हो।

    प्रहरीले जिल्ला तहबाट सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण संकलन र अद्यावधिक गर्ने काम गरिरहेको जनाएको छ। केही व्यक्ति भने पछिल्लो समय परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।

    रसुवामा रोजगारी, सरकारी तथा निजी काम र अन्य प्रयोजनका लागि पुगेका लुम्बिनीका नागरिक बाढी तथा पहिरोपछि सम्पर्कमा आउन नसकेको प्रहरीको प्रारम्भिक विवरण छ।

    सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गर्दै खोजी तथा विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ। प्राप्त विवरण थप यकिन हुँदै जाँदा सम्पर्कविहीनको संख्या पनि परिवर्तन हुन सक्ने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ