• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा र नुवाकोटमा खोज तथा उद्धारका लागि सशस्त्रले खटायो ‘सीएसएसआर’ टिम

    90
    SHARES



    काठमाडौँ । रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ । भत्किएका संरचना खोजी तथा उद्धारको तालिम लिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्छन् ।

    हाइड्रोपावरमा फसेकाहरू र नदी तटका संरचनामा फसेकाहरूको उद्धारको लागी सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए । गएराति नै काठमाडौँबाट हिँडेको एउटा टोलीले अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीहरूमा खोजी कार्य सुरु गरेको छ ।

    सशस्त्रले भत्किएका संरचना खोजी तथा उद्धारको तालिम ४ वटा टोली खटाएको छ । सीएसएआर टिम १ हजार ५ सय परिचालन गरिएको छ । उद्धार र खोजीमा गोताखोर पनि परिचालन गरिएको छ । भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटमा मानवीय क्षति गरेसँगै सशस्त्रले प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरिरहेको छ ।

    खोज तथा उद्धारमा समन्वय गर्न सशस्त्रको नम्बर–३ बाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट गएका छन् । नुवाकोटस्थित नम्बर–१९ गुल्ममा विपद् प्रतिकार्य वेश बनाएर खोज तथा उद्धारमा समन्वय गरिरहेका छन् । शव व्यवस्थापन गर्न पनि टिम परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    खोज तथा उद्धारका लागि सशस्त्रले धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस बनाएर काम गरिरहेको छ । कुरिनटारस्थित विपद् तालिम शिक्षालय विकाश घिमिरेले पनि खोज तथा उद्धारमा समन्वय गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ