• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

    257
    SHARES



    काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्।

    उद्धारका लागि बिहान ६:३० बजेदेखि नै उडानहरू सुरु भइसकेको र १५ भन्दा बढी उडान सम्पन्न भएको उनले जनाएका छन्। थप हेलिकोप्टर पनि उडानका लागि तयारी अवस्थामा राखिएका छन्।

    नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा ९५ नेपाली र २१ भारतीय नागरिक छन्। यसका साथै टनेलबाट सात जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी प्रधानमन्त्री शाहले दिएका छन्।

    प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। राहत सामग्रीका साथै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र फलाम-ढुङ्गा काट्ने मेसिन पठाइँदैछ। सम्पर्क सहज बनाउन प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क तथा चार्जिङको अस्थायी व्यवस्था गरिनेछ।

    नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको प्रबन्ध मिलाइएको छ। चुस्त उद्धारका लागि ड्रोन सर्भेमार्फत जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ।

    राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य तथा संयम राखी उद्धारको प्रतीक्षा गर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्। उनले आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न आह्वान समेत गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ