• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिशूली बाढीले मच्चायो वितण्डा, १९ पुल र ४० किलोमिटर सडकमा क्षति

    100
    SHARES



    काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढी र त्यससँगै गएको पहिरोले नदी आसपासको सडक तथा पुलसहितका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

    सडक विभागको प्रारम्भिक विवरणअनुसार त्रिशूली नदी करिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। बाढीका कारण विभिन्न स्थानमा सडकसमेत कटान र क्षतिग्रस्त हुँदा करिब ४० किलोमिटर सडक प्रभावित भएको विभागले जनाएको छ।

    सडक र पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बगेका छन् भने केही खण्डमा आंशिक क्षति पुगेको छ।

    अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सडक विभागले प्रभावित क्षेत्रमा आवश्यक उपकरण र प्राविधिक टोली परिचालन गरेको जनाएको छ। पहिरो पन्छाउने, सडक खुलाउने तथा सम्भव भएका स्थानमा अस्थायी संरचना निर्माण गरी आवागमन सहज बनाउने प्रयास भइरहेको छ।

    तर, कतिपय स्थानमा सडकको आधार नै बगाएको र पुलहरूमा समेत गम्भीर क्षति पुगेकाले नियमित यातायात सञ्चालन गर्न समय लाग्ने देखिएको छ। भौगोलिक कठिनाइ तथा प्रतिकूल मौसमका कारण उद्धार र पुनःस्थापनाको कामसमेत चुनौतीपूर्ण बनेको विभागले जनाएको छ।

    विभागले प्रभावित तथा जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्था यकिन गरेर मात्र यात्रा गर्न र सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ