• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भोटेकोशी बाढी : उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

    281
    SHARES



    काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।

    प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका छन्।

    निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको उनले बताएका छन्।

    यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

    प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ भने विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको छ।

    तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ