• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    86
    SHARES



    काठमाडाैँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।

    नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

    कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ को राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ।

    बागमती प्रदेशमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुख्य मार्गहरूमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ।

    काभ्रेस्थित वी.पी. राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा सडकको अवस्था हेरेर मात्र सवारी छाडिने गरिएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैजुङ-स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जुन खुल्न केही समय लाग्ने देखिएको छ। नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प पारेको छ। देशभरका विभिन्न स्थानमा सडक अवरोध भइरहने सम्भावना रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ