• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुकुम पश्चिमको सानीभेरीमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

    101
    SHARES



    काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् ।

    सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    आमा-छोरी क.प्र.०२००१ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए । गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले अनलाइनखबरलाई जानकारी दिए ।

    उनका अनुसार ठक्कर दिने गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ