• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोकर्णेश्वरमा गाडीमा राखिएको ग्याँस सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर पड्किँदा पैदलयात्रीको मृत्यु

    406
    SHARES



    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड गरिएको सामग्री विस्फोट भएको हो ।

    पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा पनौतीस्थित नवज्योती अक्सिजनबाट फायर एक्स्टिङ्ग्विसर र अक्सिजन सिलिन्डर राखेर सिन्धुपाल्चोकतर्फ लैजाँदै गरिएको थियो ।

    प्रहरीका अनुसार नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधि राखेर पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जाने क्रममा माकलबारीमा दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको हो ।

    विस्फोटमा पैदल हिँडिरहेका बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४१ वर्षीय विष्णु थापा घाइते भएका थिए । उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार थापालाई बिहान १०:४६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको छ ।

    घटनापछि चालक कृष्ण अधिकारी प्रहरी सम्पर्कमा रहेको र सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी वृत्त बौद्धबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ