• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को पुगे ?

    488
    SHARES



    काठमाडौं । देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाबाट छनोट भएका सात जनालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

    नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।

    उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिले खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट गरी सिफारिस गरेपछि कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्तिको निर्णय गरेका हुन्।

    यससँगै लामो समयदेखि नेतृत्वविहीन रहेका विश्वविद्यालयहरूले नयाँ शैक्षिक नेतृत्व पाएका छन्। नयाँ उपकुलपतिहरूले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, सुशासन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ