• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    अल्जेरियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम-१६ मा प्रवेश

    537
    SHARES



    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

    पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।

    पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरल्यान्डका लागि दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै अग्रता दोब्बर पारे ।नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् ।

    ८१औं मिनेटमा स्विट्जरल्यान्डले अग्रता बढाउने सुनौलो अवसर गुमायो । फाबियन रिडरले पोस्ट नजिकबाट हानेको बल सिधै अल्जेरियाको किपरको हातमा पुगेको थियो ।

    स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलाको विजेतासँग खेल्नेछ ।

    अल्जेरिया राउण्ड अफ ३२ बाट बाहिरिने पाँचौ अफ्रिकन टोली बनेको छ । अहिलेसम्म ६ अप्रिकन टोलीले राउण्ड अफ ३२ मा खेल्दा मोरक्को मात्र अन्तिम १६ मा पुग्न सफल भएको छ ।

    अल्जेरियासँगै दक्षिण अफ्रिका, आइभरी कोस्ट, डिआर कंगो र सेनेगलको यात्रा अन्तिम ३२ मै सकिएको छ । अफ्रिकाबाट १० टोलीले विश्वकप खेल्दा ९ टोली नकआउट चरणमा पुगेका थिए । अबक केप भर्डे, इजिप्ट र घानाले राउण्ड अफ ३२ मा खेल्न बाँकी छ । ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ