• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार

    197
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम साह राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार छन्। उनले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

    साहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सुत्रधारको रूपमा चर्चासमेत गरिन्छ।

    उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा समेत दिएका थिए। उनी त्यसबेला समानुपातिकतर्फबाट सांसद भएका थिए।

    साहले जेन–जी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन भूमिका खेलेका थिए।

    उनले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा संगठन विस्तारका विषयमा पनि भूमिका खेल्ने गरेका छन्।

    उम्मेदवारी दिएपछि साहले पार्टीको वैचारिक स्पष्टता, संगठन सुदृढीकरण तथा समावेशी लोकतन्त्रको अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ