• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार, मतदानको छैन टुङ्गो

    227
    SHARES



    चितवन । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन् ।

    ‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या निश्चित गर्न सूची तयार गर्दैछौं’ उनले भने ।

    उनका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि बिहान साढे १०:३० बजे तिर मात्रै प्रारम्भिक सूची निकाल्ने तयारी छ । तर भोटिङ्ग समय अझै टुङ्गो लागेको छैन ।

    उनका अनुसार ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदानको प्रबन्ध मिलाइएको छ । १५ देखि २० मिनेटमा एक जनाले भोट गरेर सकाउने र मतदान सकिएको १ घण्टामा नै नतिजा आउने रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।

    केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ । रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

    रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।

    रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् । रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ