• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    116
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ