• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ‘निष्ठा र आन्तरिक लोकतन्त्र सम्झौताका विषय होइनन्’ : रवि लामिछाने

    222
    SHARES



    भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। महाधिवेशनको औपचारिक उद्घाटनअघि पार्टीको वर्तमान कार्यकालको अन्तिम केन्द्रीय समितिको बैठक भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको हो।

    बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले बिदा हुन लागेको केन्द्रीय समितिप्रति आभार व्यक्त गर्दै भावुक मन्तव्य दिएका छन्। उनले वर्तमान केन्द्रीय समितिका सदस्यहरूलाई देशप्रेम र सकारात्मक आकांक्षाले प्रेरित समूहको संज्ञा दिँदै आगामी दिनमा पनि सहकार्य र सहयात्राको अपेक्षा व्यक्त गरे।

    सभापति लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संगठनको मूल आधारका रूपमा व्याख्या गर्दै संस्थापक सभापतिको हैसियतले त्यसलाई संस्थागत बनाउन आफूले प्रयास गरेको बताए। उनले आफ्नो भूमिकाको मूल्याङ्कन पार्टी पंक्तिले गर्ने विषय भए पनि निष्ठा र आन्तरिक लोकतन्त्र आफ्नो लागि कहिल्यै सम्झौताको विषय बन्न नसक्ने स्पष्ट पारे।

    उनले नवनिर्वाचित प्रतिनिधिहरूलाई शुभकामना दिँदै लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धताबाट आफू कहिल्यै विचलित नहुने बताए। महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले आफ्नो राजनीतिक जीवनभर लोकतान्त्रिक अभ्यास, पारदर्शिता र उत्तरदायित्वका पक्षमा दृढ रहने प्रतिबद्धता जनाए।

    सम्बोधनका क्रममा लामिछानेले मुलुकको वर्तमान राजनीतिक व्यवस्थाबारे पनि धारणा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान निर्माण तथा त्यसका लागि भएका संघर्ष, त्याग र बलिदानको सम्मान गर्नुपर्ने बताए। विगतका संघर्षकै जगमा वर्तमान राजनीतिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै उनले त्यसप्रति गर्व गर्नुपर्ने धारणा व्यक्त गरे।

    आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम छ। महाधिवेशनमा देशभरबाट तीन हजारभन्दा बढी प्रतिनिधि, नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ