• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै

    271
    SHARES



    काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे ।

    नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए ।

    ‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलिरहेको छ । अर्थमन्त्री रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिनुहुन्छ, अर्कोतिर मन्त्री नै खुट्टा भाच्ने कुरा गर्नुहुन्छ’, उनले भने, ‘आज दण्डहीनताले प्रश्रय पाइरहेको छ ।’

    उनले मन्त्रीले कानुनको कार्यान्वयन गर्नुपर्छ कि पर्दैन भन्दै कहिले टेम्पो जङ्गलमा पाल्ने त कहिले काफल फाल्ने जस्ता काम कारबाही देखिएको भन्दै कानुन कार्यान्वयनमा सरकार नै चुकेको बताए ।

    त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी अव्यवस्थितहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ