काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्। बैठक सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
प्रतिक्रिया