• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शाह–विष्ट विवाद टुंग्याउन नयाँ प्रस्ताव, अर्थ मन्त्रालयलाई विष्ट पक्षको ‘बटमलाइन’

    327
    SHARES



    धनगढी । सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि असन्तुष्ट पक्षले मन्त्रालय बाँडफाँटसहितको नयाँ प्रस्ताव अघि सारेको छ। मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन पहल गरिरहेको समूहले सरकारमा आफ्नो प्रभाव बढाउने गरी दुई मन्त्री र दुई राज्यमन्त्रीको जिम्मेवारी माग गरेको हो।

    कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसीको उपस्थितिमा भएको छलफलमा दिवानसिंह विष्ट निकट सांसदहरूले आर्थिक मामिला मन्त्रालय अनिवार्य रूपमा आफूहरूलाई दिनुपर्ने अडान राखेका छन्। स्रोतका अनुसार अर्थ मन्त्रालयसहित दुई मन्त्री र दुई राज्यमन्त्रीको जिम्मेवारी पाए विवाद समाधानतर्फ जान सकिने संकेत उक्त पक्षले दिएको छ।

    छलफलमा सरकारको नेतृत्व भविष्यमा एमाले वा अन्य दलको भागमा परे दिवानसिंह विष्टलाई संसदीय दलको नेता बनाउनुपर्ने तथा बाँकी कार्यकालमा प्रत्येक छ महिनामा मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।

    मुख्यमन्त्री शाह प्रस्तावका अधिकांश विषयमा सकारात्मक देखिए पनि आर्थिक मामिला मन्त्रालय हस्तान्तरण गर्ने पक्षमा नरहेको बताइएको छ। यही विषय अहिले सहमतिको मुख्य बाधक बनेको छ। मुख्यमन्त्री निकट नेताहरूले अर्थ मन्त्रालयमा दुवै पक्षको दाबी रहेकाले थप संवाद आवश्यक रहेको बताएका छन्। विवाद समाधानका लागि केन्द्रीय नेतृत्वको पहल जारी रहे पनि दुवै पक्षबीच औपचारिक संयुक्त बैठक भने अझै हुन सकेको छैन।

    यसअघि शाहलाई संसदीय दलको नेताबाट हटाउन दिवानसिंह विष्टसहित नौ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर सांसद डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि उक्त प्रयास कमजोर बनेको थियो। हाल सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री गरी पाँच जनाको प्रतिनिधित्व रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ