• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीले गरे एमाले नेतृत्व नछोड्ने घोषणा

    296
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् ।

    ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने । पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले बताएका छन् ।

    ‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् । त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’

    पितृ शोक, गिरफतारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भएपनि अब नेताहरुसँग भेटवार्ता बाक्लो बनाउने उनले बताए । ‘पार्टीलाई, आन्दोलनलाई देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ,’ ओलीले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ