• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सुकुमबासी व्यवस्थापनमा ३५ वर्षअम्म हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री शाह

    50
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे ।

    उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए ।

    उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए ।

    जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको भनाइ छ। उनले व्यवस्थापनका लागि केही समय लाग्ने बताए । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोज्न पनि उनले सांसदहरूलाई आग्रह गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ