• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता

    397
    SHARES



    काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गरेका हुन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्।

    ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ,’ उनले भने।

    एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ