• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भोलि बस्ने गरी सकियो एमाले सचिवालय बैठक

    134
    SHARES



    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले बोलेपछि शनिबार बस्ने गरी बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    उनका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ । बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने भट्टले बताए।

    अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।

    तर आजको बैठकमा नेताहरूले चुनावकै बारेमा केन्द्रित भएर बोलेकाले कार्य विभाजनबारे छलफल प्रवेश नै गर्न नपाएको नेताहरूले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ