• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेकपा एमाले गर्यो बादलको संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव

    479
    SHARES



    काठमाडौँ । नेकपा एमालेमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव गरिएको छ। गत सोमबार बसेको आठौं सचिवालय बैठकमा बादललाई समीक्षा कमाण्डर प्रस्ताव गरिएको हो।

    चुनाव सकिएको दुई महिना बित्दा पनि निर्वाचन समीक्षा भएको छैन। निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट चुनावी समीक्षात्मक प्रतिवेदन आए पनि सचिवालयमा छलफल भएको छैन।

    चुनावको समीक्षा प्रतिवेदन तयार पार्न बादलको नेतृत्वमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, भानुभक्त ढकाल नेता प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू सदस्य रहने प्रस्ताव गरिएको छ। आम निर्वाचन परिणाम अत्यन्त निराशाजनक रहेको एमालेले बताएको छ।

    निर्वाचन समीक्षाको काम वडा तहदेखि गर्नेगरी मातहत कमिटीलाई भर्चुअल माध्यमबाट निर्देशन दिइएको एमालेले बताएको छ। प्रदेश कमिटीमा तर्फबाट समीक्षा प्रतिवेदन आउने क्रम जारी रहेको नेताहरूको भनाइ छ।

    समीक्षाका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटीले प्रश्नावली तयार गरी अनलाइन राय संकलन र सोसल मिडियामार्फत् खुला प्रतिक्रिया आह्वान गरेको थियो। निर्वाचन परिचालन कमिटीले आफ्नो प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाइसकेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ