• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

    164
    SHARES



    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ ।

    त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ