• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मुख्यमन्त्री यादवले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोकिदिए तलब

    336
    SHARES



    जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् ।

    यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए ।

    प्रदेश ऐन अनुसार १४ जनासम्म नियुक्त गर्न सकिने व्यवस्था छ। तर संघीय सरकारको ५ असोजको मन्त्रिपरिषद् निर्णय र अर्थ मन्त्रालयको ७ असोजको परिपत्रले मन्त्री तथा मुख्यमन्त्रीको सचिवालयमा बढीमा ३ जना मात्र राख्न सकिने व्यवस्था गरेपछि विवाद उत्पन्न भएको हो।

    यसै कारण लेखा शाखाले १० जनाको तलब भुक्तानी गर्न अस्वीकार गरेको छ। कर्मचारीहरूले संघीय निर्देशन विपरीत बढी संख्यामा नियुक्त भएकाले तलब खुवाएमा आफूहरू कानुनी जोखिममा पर्न सक्ने भन्दै फाइल रोकिएको बताएका छन्।

    मुख्यमन्त्री यादवले भने कर्मचारीले अहिलेसम्म तलब नपाएको गुनासो सार्वजनिक रूपमा गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ