• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश

    293
    SHARES



    काठमाडाँ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् ।

    अन्सारीले लेखेकी छिन्– ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।’

    जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ