• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संसद् नियमावलीमाथि कांग्रेसको कडा आपत्ति, ‘विधायिकी अधिकारमाथि प्रहार’

    198
    SHARES



    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का केही प्रावधानहरू संविधानको मर्म विपरीत रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।

    सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानहरू विधिशास्त्रीय दृष्टिले समेत गम्भीर र आपत्तिजनक रहेको निष्कर्ष निकालेको हो।

    कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार, बैठकले संविधानको भावना विपरीत रहेका प्रावधानहरू संशोधन गर्न जोडदार माग गर्ने निर्णय गरेको छ। “सुशासन र सेवा प्रवाह सहज बनाउन सकारात्मक नियतले ल्याइएका प्रावधानहरूलाई हामी समर्थन गर्छौं,” उनले भनिन्, “तर संविधानविपरीत प्रावधान स्वीकार्य हुँदैनन्, त्यसविरुद्ध संसदमा सशक्त आवाज उठाइनेछ।”

    बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन गरेको तथा संसदीय अभ्यासमाथि प्रत्यक्ष हस्तक्षेप गरेको निष्कर्ष समेत निकालेको छ।

    त्यसैगरी, कांग्रेसले वास्तविक सुकुमवासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनर्स्थापनाका लागि पनि संसदमा प्रभावकारी रूपमा आवाज उठाउने निर्णय गरेको जनाएको छ।

    कांग्रेसले नियमावली संशोधन नगरे संसदमा कडा प्रतिरोध गर्ने संकेत दिएसँगै प्रस्तावित नियमावलीबारे राजनीतिक बहस थप चर्किने देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ