• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रपतिलाई भेटेर आङ्देम्बेले जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

    661
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ ।

    त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    जसमध्ये तीनवटा अध्यादेश जारी भइसकेका छन् । विपक्षी दलहरूले भने अध्यादेश जारी गर्ने कार्यको विरोध गर्दै फिर्ता लिन आग्रह गर्ने बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ