
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो ।
बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम छ। कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने एक नेताले बताए ।
सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।
प्रतिक्रिया