• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे

    0.9K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ: संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?’

    उनी थप लेख्छन्– ‘प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनका रूपमा रही विशेष कानुनसरह लागू हुनेछ’ भनिएको छ, यो साधारण वाक्य होइन। जहाँ कानुन सबैभन्दा माथि हुनुपर्थ्यो, त्यहाँ अब नियमावलीलाई “सुपर–कानुन” बनाउने प्रयास भइरहेको छ।’

    यो व्यवहारमा फौजदारी ऐन, मुलुकी ऐन र अन्य प्रचलित कानुनलाई निष्प्रभावी बनाउने शक्ति संसद्को नियमावलीलाई दिइएको छ भन्ने सङ्केत भएको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ