
काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।
अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। न्यु इयर लाइटअन्तर्गत ४ सय ९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
त्यसैगरी न्यु इयर प्रिमियमअन्तर्गत ६ सय ९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। आज -२०८२ चैत ३०) देखि आगामी २०८३ बैशाख २ गते सम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया