• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    पक्राउपछि ओलीको प्रतिक्रिया: यो राजनीतिक प्रतिशोध हो, कानुनी लडाइँ लड्न तयार छु

    175
    SHARES



    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण कदम भएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा एक नागरिकको ज्यान गएको घटनासम्बन्धी आरोपमा प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको हो।

    पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि ओलीले वकिलहरूसँग परामर्श गर्दै उक्त कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका हुन्। ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ उनले वकिलहरूसँग भनेका थिए।

    ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग कानुनी परामर्श गरेका थिए। यस विषयमा प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता भट्टराईले उक्त पक्राउ गैरकानुनी भएको दाबी गरेका छन्।
    ‘यो पक्राउको कुनै स्पष्ट कानुनी आधार देखिँदैन, प्रथम दृष्टिमै यो गलत देखिन्छ,’ उनले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ