काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा बैठकमा पार्टीले अप्रत्याशित हार व्यहोरेको भन्दै सभापति पदबाट राजीनामा दिएका सभापति गगन थापा उपस्थित छैनन् ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् । तर, बैठकमा सभापति थापाको कुर्सी खाली राखिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापति थापा बैठकमा नआउने जानकारी दिए ।
बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।
सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् । यस्ता छन् बैठकमा पेश भएका लिखित प्रस्ताव :

प्रतिक्रिया