• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    चैत १३ गते बालेनको शपथ हुने, १८ सदस्यीय मन्त्रिपरिषदको गृहकार्य

    257
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको तयारी तीव्र पारेको छ। पार्टीले सकेसम्म सानो आकारको मन्त्रिपरिषद बनाउने लक्ष्यसहित करिब १८ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने गृहकार्य गरिरहेको जनाएको छ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार मन्त्रिपरिषदलाई सानो र प्रभावकारी बनाउने उद्देश्यले सदस्य संख्या १८ वा त्योभन्दा कम राख्ने विषयमा छलफल भइरहेको छ। उनले मन्त्रालयहरूको संख्या घटाउने, केही मन्त्रालय गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विषयमा समेत विचार भइरहेको जानकारी दिए।

    उनका अनुसार हालसम्म मन्त्रालयको संरचना र मन्त्रीहरूको नाम टुंगो लागेको छैन। तर सानो आकारको मन्त्रिपरिषद बनाउनेमा पार्टी नेतृत्व गम्भीर रहेको उनले बताए।

    महामन्त्री बुर्लाकोटीका अनुसार चैत १३ गते पार्टीका वरिष्ठ नेता बालेन शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरिएको छ। सोही अवसरमा मन्त्रिपरिषदका सदस्यहरूकोसमेत शपथ गराउने तयारी भइरहेको छ।

    उनले पार्टी विधान संशोधन नगरी नै बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको पनि बताए। शाहलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र राजनीतिक सहमति भइसकेको उनको दाबी छ।

    यसअघि पुस १३ गते रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षबीच भएको एकतापछि शाहलाई भावी प्रधानमन्त्री बनाउने समझदारी बनेको थियो।

    शपथ ग्रहणपछि पार्टीको संसदीय दलको बैठक बोलाउने तयारी रहेको जनाउँदै उनले उक्त बैठकमा अन्य विषयमा छलफल हुने तर दलको नेता चयनको विषय भने अगाडि नै टुंग्याइने संकेत गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ