• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नियुक्त नहुँदै बालेनले बनाए ‘प्रधानमन्त्री’को इमेल, सामाजिक सञ्जालमा आलोचना

    317
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् ।

    आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।

    निर्वाचन आयोगको पूर्ण नतिजा सार्वजनिक भइसकेकोले छिटै नयाँ सरकार गठन हुन गइरहेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह मन्त्री छनोटमा व्यस्त छन् ।

    यसैबीच प्रधानमन्त्री नियुक्त नहुँदै उनले ‘प्रधानमन्त्री’को इमेल समावेश गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ