• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    समानुपातिक सिट टुंगो: रास्वपाको ५७, कांग्रेस २० र एमाले १६ मा सीमित

    321
    SHARES



    काठमाडौं । निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न दलले प्राप्त गर्ने सिट संख्या सार्वजनिक गरेको हो।

    आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेस ले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ सिट, तथा नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट प्राप्त गरेका छन्।

    यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समान ४/४ सिट पाएका छन्। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) सदर भएको जनाएको छ।

    सम्पूर्ण मतगणना सम्पन्न भएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट संख्या निर्धारण गरिएको आयोगले जनाएको छ। निर्वाचन कानुनअनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ वटा दल लाई मात्र समानुपातिकतर्फ सिट बाँडफाँट गरिएको हो।

    यसैबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि रास्वपा ले सबैभन्दा बढी १२५ सिट जित्दै अग्रता कायम गरेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ