• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ दल थपियो

    367
    SHARES



    काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। तीमध्ये एउटा नयाँ दल रहेको छ भने पाँच वटा दल पुरानै रहेका छन्।

    यस पटक राष्ट्रिय दलको मान्यता पाउने नयाँ दल श्रम संस्कृति पार्टी हो। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्नुका साथै समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड पनि पार गरेको छ।

    निर्वाचनसम्बन्धी कानुनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत प्राप्त गर्ने दल राष्ट्रिय दल बन्न योग्य हुन्छ।

    यसपटक राष्ट्रिय दलको मान्यता पाउने अन्य दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।

    यी दलहरूमध्ये श्रम संस्कृति पार्टी बाहेकका पाँचै दल अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलको हैसियतमा रहेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ