कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल निर्वाचित भएका छन्। २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन्।
यसअघि कैलालीका अन्य क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–३ बाट जगतप्रसाद जोशी, कैलाली–४ बाट खेमराज कोइराला तथा कैलाली–५ बाट आनन्दबहादुर चन्द प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया