• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कोशी प्रदेशमा २२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा रास्वपाले १५ स्थानमा विजयी

    96
    SHARES



    विराटनगर । कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये २२ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा सिटमा रास्वपाका उम्मेद्वाले जितेका छन् । रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लीनस्वीप गरेको छ ।

    रास्वपापछि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म ३ सिटमा विजयी बनेको छ । एमालेले ३ र श्रम संस्कृति पार्टीले १ सिटमा विजयी भएको छ ।

    ताप्लेजुङमा एमालेका क्षितिज थेबेले बाजी मारे । उनले कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूलाई पराजित गरेका हुन् ।

    यस्तै पाँचथरमा भने कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई पराजित गरेका हुन् ।

    इलाम २ नम्बर निर्वाचन क्षेत्रमा भने एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए । उनले निकटम प्रतिस्पर्धी कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन् ।

    झापामा भने ५ वटै क्षेत्रमा रास्वपाले क्लीनस्वीप गरेको छ । क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु प्रसाद ढकाल र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहले जित निकाले ।

    यस्तै मोरङका ६ वटै क्षेत्रमा पनि रास्वपाले क्लिनस्वीप गरेको छ । मोरङको क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुविना आचार्यले जित निकालिन् ।

    यस्तै सुनसरीका ४ मध्ये १ वटा क्षेत्रमा रास्वपाका उम्मेद्वार विजयी बने । क्षेत्र नम्बर ३ मा रास्वपाका अशोककुमार चौधरी विजयी बने । सुनसरीको १ नम्बर क्षेत्रमा श्रम संस्कृति पार्टीका हर्कराज राई अग्रस्थानमा भएपनि क्षेत्र नम्बर २ र ४ मा रास्वपाकै उम्मेद्वार भारीमतले अगाडि छन् ।

    यस्तै उदयपुरको २ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेको छ । त्यहाँ क्षेत्र नम्बर १ बाट पारशमणि गेलाल र क्षेत्र नम्बर २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भए ।
    यस्तै ओखलढुंगाबाट रास्वपाका विश्वमणि पोखरेल निर्वाचित हुँदा खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी बने ।

    धनकुटामा एमालेका राजेन्द्र राई विजयी हुँदा तेह्रथुममा भने कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भए । सोलुखुम्बुबाट कांग्रेसका प्रकाश सिंह कार्की विजयी बने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ