काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २५ वर्षीय उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन्।
उप्रेतीले बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाएका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार युनेश लामा सिंतानले ९३२ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रामबहादुर थोकरले ७८५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया