• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३७५२ मतान्तरको जित

    0.9K
    SHARES



    सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।

    कार्कीले राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत पाएका छन्।

    यसैगरी उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ तथा आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ