• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकारी सेवाको सास्ती हटाउन ‘डिजिटल गभर्नेन्स’ अपरिहार्य : सभापति थापा

    183
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’को आवश्यकता औंल्याएका छन्।

    सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्। हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, ‘कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ।’

    थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने बताए।

    परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुख दिएको भन्दै उनले प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्। ‘डिजिटल गभर्नेन्स मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो,’ थापाले भनेका छन्।

    राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प रहेको उनको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ