• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    पब्लिक डिबेटका लागि तयार छौँ : केपी शर्मा ओली

    590
    SHARES



    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् ।

    देश जलाउने र देश बनाउने पक्षबीच हुने प्रतिस्पर्धामा नेकपा (एमाले) देश बनाउने एजेण्डाका साथ मैदानमा रहेको ओलीको भनाइ छ । पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच पारदर्शी र खुला बहसको माग उठिरहेको सन्दर्भमा उनले त्यसलाई सकारात्मक कदमको रूपमा लिएको स्पष्ट पारे ।

    सामाजिक सञ्जालमा फ्रेमिङ गरेर तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित पार्दै आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढ्दै गएको भन्दै ओलीले त्यसको जवाफ पब्लिक डिबेटमार्फत दिनुपर्ने बताएका छन् । यही कारणले पनि सार्वजनिक बहसको माग उठिरहेको हुनसक्ने उनको धारणा छ ।

    यसपटकको निर्वाचनमा देशको इतिहासमा महत्वपूर्ण भूमिका खेलेका दलहरू, अघिल्लो निर्वाचनपछि खुलेका दलहरू र हालै खुलेका नयाँ दलहरूसमेत प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा आएका छन् ।

    देशको नेतृत्व गर्न चाहने दलहरूले के एजेण्डा अघि सारेका छन्, विगतमा देश निर्माणका लागि के काम गरे, अब के गर्ने योजना, रोडम्याप र खाका के छन् भन्ने विषयमा सार्वजनिक रूपमा आमने–सामने बहस हुनु आवश्यक रहेको ओलीले बताए ।

    ओलीले यस्ता पब्लिक डिबेटमा उभिएर आफूहरूले विगतमा गरेका कामको तथ्य प्रस्तुत गर्न र आगामी दिनमा कसरी काम गर्ने भन्ने स्पष्ट एजेण्डा राख्न आफू तयार रहेको बताए ।

    साथै, निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूसँग सिधा प्रश्न–उत्तर हुने मञ्चमा उभिएर बहस गर्न पनि आफू तयार रहेको उनको भनाइ छ ।

    सबै पक्ष सहभागी हुने, पारदर्शी र मर्यादित पब्लिक डिबेट आयोजना गर्न ओलीले सम्बन्धित सबैलाई आग्रहसमेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ