• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगनको दस्ताबेज बुझेपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले के भने ?

    3.6K
    SHARES



    काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।

    कानुनले तोकेको मितिभित्र छिट्टै निरुपण हुन्छ । कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म चयन भएका गगन थापाले बिहीबार निर्वाचन आयोग पुगेर माघ ३ गते शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउन आग्रह गरेका थिए ।

    थापा नेतृत्वको कांग्रेसले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई अद्यावधिक गरिएकाे कार्यसमिति बुझाएको थियो । पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको दाेस्राे विशेष महाधिवेशनले १३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

    आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गतेसम्म प्रत्यक्षतर्फको सूची बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर यही बेला नेपाली कांग्रेसमा आधिकारिकता विवाद बढ्ने देखिएको छ ।

    राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को उपनियम ६ अनुसार अन्यत्र जेसुकै कुरा लेखिएको भएपनि निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही गरिनेछैन भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ