• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक जारी

    334
    SHARES



    काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक जारी छ ।

    कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

    बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।

    नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए ।

    बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरू निर्वाचन आयोग जाने उनले बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ