• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कुलमान घिसिङ भन्छन् : उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन

    440
    SHARES



    काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्।

    सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्।

    ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,’ उनले भनेका छन्।

    उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको उनको भनाइ छ। र, भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराएका छन्।

    ‘यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ