• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन र विश्वप्रकाश भोलिका कांग्रेस, शेरबहादुर देउवा हिजोका कांग्रेस– महेश आचार्य

    1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भोलिका कांग्रेसका रूपमा सम्बोधन गरेका छन्।

    भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा आचार्यले सभापति शेरबहाददुर देउवा र उनी निकट नेताहरूलाई भने हिजोका कांग्रेसका रूपमा टिप्पणी गरे।

    ‘दुई होनाहार महामन्त्रीलाई शुभकामना छ। उहाँहरू भोलिको कांग्रेस हो। शेरबहादुरजी उहाँका साथीहरूको पुस्ता हिजोको कांग्रेस हो,’ आचार्यले भने, ‘हिजोका कांग्रेसलाई सम्मान छ। तर भोलिका कांग्रेसलाई स्वागत गर्न मेची, महाकालीका साथीहरू आज विशेष महाधिवेशनमा उपस्थिति हुनुभएको छ।’ उनले गगन र विश्वप्रकाशको काँधमा पार्टीको अभिभारा आएको बताए।

    ‘गगन र विश्वप्रकाश जस्ता साथीहरुले अभिभारा बहन गर्नुपर्छ। विधानसम्मत तरिकाले पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ,’ आचार्यले भने, ‘विधिका लागि तपाईंहरुको उपस्थिति भएको छ। भोलिदेखि कुनै पनि अभिमानी पार्टीको पदाधिकारीले बहुमत प्रतिनिधि साथीहरूको भावनालाई, महाधिवेशनको प्रतिनिधिको बहुमत लत्याउने चेस्टा गर्ने छैन। विधिको स्थापना हुनेछ।’

    बहुमत महाधिवेशनका प्रतिनिधि उपस्थित हुने ठाउँमा पार्टी हुने आचार्यले बताए। ‘पार्टी सभापतिलाई अनुरोध गर्न चाहन्छु। मेची, महाकालीका प्रतिनिधि नदी जस्तो प्रवाहित हुनुभएको छ,’ आचार्यले भने, ‘पुल भएर यही ठाउँमा उभिनुहोस्। साथीहरू एकतातिर पुल अर्कोतिर हुन सक्दैन।’

    उनले फागुन २१ गते भोट माग्न जाँदा सिंहदरबार जलेको गाथा गाएर मात्र नभई, नेपाली जनतालाई पुनर्निर्माण र लोकतन्त्रको पुनर्ताजगीकरणको मुद्दा लिएर जानुपर्ने बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ