• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस संस्थापन समूहले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने

    606
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

    काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे छलफल भएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

    ‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’

    उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए ।

    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ । उनले आफूहरूले मध्यविन्दुको प्रस्ताव लिएर आउने पनि सुनाए ।

    ‘हामी मध्यविन्दुको प्रस्ताव लिएर आउँछौं । पार्टी कमजोर र फुटबाट जोगाउँछौं। जिल्ला-जिल्लाबाट आउने साथीहरूले पनि विभाजन चाहानुभएको छैन,’ उनले भने, ‘रातदिन हामी लागेका छौं मिलाउन, मध्यविन्दु खोज्छौं । हामी ५९ को जस्तो पार्टी विभाजित हुन दिँदैनौं ।’

    छलफलमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतको उपस्थिति थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ